मकवानपुर

युवाहरुलाई पालो दिन अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

Banner

हेटौँडा,भदौं १०-

वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने पौडेलले बताएका छन् ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>