मकवानपुर

एमालेबाट निर्वाचित हेटौडाका वडा अध्यक्षमाथी आफ्नै कार्यकर्ताले गरे कार्यकक्ष मै हातपात

Banner

मकवानपुर, भदौं ७–

हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।

नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्।

दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन ।

वडा अध्यक्ष सिग्देलले आफूमाथि हातपात गरेको भन्दै कारवाहीको माग गरे पछि प्रहरीले दोङको घरमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार एमालेकै जिल्ला सदस्यसमेत रहेका दोङको खोजी कार्य भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>