चितवन विशेष

मेरी स्टोप्स प्रिमियर नारायणगढले गर्‍यो सेवा थप

Banner

चितवन, भदौ ६–

२८ वर्षदेखि सेवा दिँदै आइरहेको मेरी स्टोप्स प्रिमियर नारायणगढले आफ्नो सेवा थप गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरि मेरी स्टोप्सले महिनावारीको बेलामा आउन सक्ने समस्या सम्बन्धी सेवा, महिनावारी रोकिने बेलामा हुन सक्ने समस्या सम्बन्धी सेवा र बाँझोपन सम्बन्धि सल्लाह तथा सेवा थप गरेको हो । बढ्दो समस्यालाई ध्यानमा राखेर सेवा थप गरिएको मेरी स्टोप्सका व्यवस्थापक हेमराज गिरीले जानकारी दिए । ‘यहाँ आउने बिरामी वा सेवाग्राही सबैको सहजताका लागि सेवा थप गरेका छौं, यसले गर्दा उपचारका लागि विभिन्न ठाउँ भौतारिनु पर्दैन’–गिरीले भने ।

मेरी स्टोप्सले परिवार नियोजनका सम्पूर्ण सेवा, सुरक्षित गर्भपतनलगातका सेवा दिँदै आइरहेको छ । यस्तै यौन तथा स्त्रीरोगको जाँच तथा उपचार, पाठेघर मुखको क्यान्सको जाँच, फार्मेसी सेवा, भिडियो एक्सरे, परिवार नियोजनको तालिमको लगायतका सेवा समेत दिँदै आइरहेको छ ।

सुरुवाती समयमा पुरुषले गर्ने परिवार नियोजनको स्थाई सेवा भ्यासेक्टोमी गर्ने धेरै थिए । अहिले यो सेवा लिने पुरुषको संख्या न्यून मात्रामा रहेको व्यवस्थापक गिरीले बताए । पुरुषहरु विदेश जाने क्रम बढेकाले पनि यो सेवा लिनेको संख्यामा कमी आएको हुन सक्ने गिरीले बताए ।

यस्तै मेरी स्टोप्समा सुरक्षित गर्भपतन गर्ने क्रम घट्दो क्रममा रहेपनि विभिन्न ठाउँमा खुलेका गर्भपतन सेवाले गर्भपतन गराउनेको संख्यामा भने कमी नआएको देखिन्छ । अहिले फार्मेसीमा गर्भ बस्न नदिने ट्याबलेटहरु सहजै पाउने भएकाले पनि गर्भपतन गर्नेमा केही कम आएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>