Breaking News

कांग्रेस नेता गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

Banner

काठमाडौं, भदौ ५–

प्रतिनिधिसभाको आज (आइतबार)को बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ।

आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो।

गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र त्यसपछि आजै पशुपतिमा अन्त्येष्टि गरिने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>