खेलकुद

स्व. विनिता पौडेल स्‍मृति फुटबल: चौधरी मोटर्स खैरहनी र दिव्यज्योती विजयी

Banner

चितवन, भदौ ४ –

स्व. विनिता पौडेल स्‍मृति नाइन ए साइड फुटबलमा चौधरी मोटर्स वर्कसप खैरहनी र न्यु दिव्यज्योती एफसी विजयी भएका छन् ।

आज (शनिबार) भएको पहिलो खेलमा चौधरी मोटर्स खैरहनीले गीतानगर एफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्‍यो । खेलको म्यान अफ दि म्याच खैरहनीका यदु सिलवाल भए ।

दोस्रो खेलमा दिव्यज्योती एफसीले जनपथ एफसीविरुद्ध ५-२ को सहज जित निकाल्यो । खेलको म्यान अफ दि म्याच दिव्यज्योतीका सुरेश कुमाल घोषित भए ।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा युनिक एफसी र एसवाईसी एफसी भिड्दा दोस्रो खेलमा आदर्श ब्वाईज एफसी र चन्द्रनगर एफसी भिड्नेछन् ।

दिव्यज्योती एफसीको आयोजनामा जारी प्रतियोगितामा चितवन र मकवानपुरमा २० टोली सहभागी छन् । १४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिभिन्न पाँच विधामा विधागत उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>