Breaking News

आफ्नो छोराको उपचार नगरेको भन्दै एक कर्मचारीले गरे इमर्जेन्सी कक्षका चिकित्सकमाथि हातपात

Banner

कर्णाली, भदौ ४-

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक चिकित्सकमाथि प्रतिष्ठानकै प्रशासनतर्फका एक कर्मचारी कुटपिट गरेका छन् । अस्पतालको आकस्मिक विभागमा कार्यरत डा.करण साहलाई कर्मचारी धनबहादुर शाहीले काम नगरेको भन्दै कुटपिट गरेका हुन् ।

‘नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा.कमल थानीका अनुसार डाक्टर साहले इमरजेन्सी वार्ड बिहानपख भीडभाड हुने तथा बच्चाको अवस्था नर्मल छ उपपचारको लागि हतार नगर्नुस् भन्दा पनि उपचार नगरेको भन्दै शाहीले डाक्टरमाथि नै हातपात गरेका थिए । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले पनि कर्मचारी शाहीले चिकित्सकमाथि हातपात जानकारी दिए ।

डाक्टर साहले उक्त समय आफू बिरामीसँग भएको र ११ बजे बच्चाको अवस्था हेर्ने र उपचार गर्ने जानकारी गराएका थिए । तर काम नगरेको भन्दै कर्मचारी शाहीले आफू माथि हातपात गरेको सीसीटीभी फुटेज सहित उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उक्त ‘सीसीटीभी फुटेजमा चिकित्सकमाथि भएको हातपात प्रष्टै देख्नि सकिन्छ ।

त्यस्तै हाल कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

http://www.facebook.com/100041379105208/videos/1642376326146809/

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>