Breaking News

देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन, ‘बच्चाका लागि आमाको दूध अति आवश्यक

Banner

काठमाडौँ, भदौ ३-

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी छिन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर आज मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरिएको हो ।

उक्त मिल्क बैंकमा बच्चको लागि आमाको दूध भण्डारण गर्न मिल्छ । सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले आमाको दूध पाउन नसक्ने शिशुलाई दूध उपलब्ध गराउने उद्देश्यले अमृत कोषको स्थापना गरिएको अस्पतालका निर्देशक डा. अमिर बाबु श्रेष्ठले बताए । उनले दिएको जानकारी अनुसार बाल बालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराइन्छ ।

यो बैंक स्थापना गर्न प्राविधिक सहयोग युनिसेफले गरेको छ र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘पाथ’ले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको उनले बताए । त्यस्तै अस्पतालले अघिल्लो वर्ष ‘ह्युमन मिल्क बैंक’ को स्थापना गर्ने अवधारणा ल्याएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>