Breaking News
वाईसीएलमा हिजो मर्न जान प्रतिस्पर्धा हुन्थ्यो,अहिले सुविधाका लागि हुन्छ

काठमाडौं,भदौं ३-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका युवाहरुमा विचलन आएको भन्दै तीतो पोखेका छन्। शुक्रबार पार्टीको युवा संगठन वाईसीएलको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्।
कुनै समय युवाहरु अग्रमोर्चामा लड्न जानकका लागि प्रतिस्पर्धा गर्ने भएपनि अहिले सुविधाका लागि हुने गरेको बताए। उनले भने, कुनै समय सबैभन्दा अग्रमोर्चामा जान युवाहरुबीच प्रतिस्पर्धा हुन्थ्यो। उनीहरु हामीलाई मर्न जान पनि नपाइने ? भन्दै प्रश्न गर्थे। आफू अग्रमोर्चामा जान नपाएकोमा असन्तुष्टि हुन्थ्यो। संघर्ष गर्न नपाएकोमा नेतृत्वलाई घेरा हाल्ने हुन्थ्यो। त्यस्तो स्प्रिट हुन्थ्यो। अहिले सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ, संघर्षका लागि हुँदैन। यो नमिल्दो प्रतिस्पर्धा छ।
उनले गत वर्षको युवाको भेलापछि त्यहीअनुसार देशभर जागरण आउने अपेक्षा गरेपनि हुन नसेकेको भन्दै गुनासो गरे। हामीले गतसाल युवाको राष्ट्रिय भेलाबाट अपेक्षा धेरै गरेका थियौं। अन्त्यतिर आउँदा राष्ट्रिय भेला एउटा संकल्पका साथ देशव्यापी अभियानमा जाने वातावरण बनेन। जसोतसो मिलाउन त मिलायौं। तर, हुनुपर्ने एकता र दिनुपर्ने जति योगदान नदिएको तीतो अनुभव छ,उनले भने।
जनयुद्धका बेला वाईसीएल, जनमिलेसिया र जनमुक्ति सेना एकसाथ अघि बढ्ने गरेको बताए। अहिले पनि वाईसीएलको भूमिका त्यस्तै अपेक्षा गरेको बताए।


























