Breaking News

रत्ननगर दुर्घटना अपडेट : फरार बोलेरो २४ घण्टाभित्रमा नियन्त्रणमा लिने सहमति, खुल्यो राजमार्ग

Banner

चितवन, भदौ ३–

बृद्धलाई ठक्कर दिएर फरार भएको बोलेरोलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी खोला पुल नजिकै स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरलाई ठक्कर दिएर बोलेरो फरार भएको थियो । ठक्करबाट मगरको मृत्यु भइसकेको छ । बोलेरो फरार भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका मगरको मृत्यु भएको हो । प्रहरीले सिसि क्यामरा हेरेर बोलेरोको पहिचान गर्ने काम गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>