Breaking News

चितवनमा ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Banner

चितवन, भदौ ३–

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा गएराती करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोहि दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि सवार पहिचान नखुलेको करिब २८ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>