Breaking News
नागरिकता विधेयक संसदबाट फेरि बहुमतले पारित, विधेयकको पक्षमा १३५ मत खस्यो
०

काठमाडौं, भदौ २–
प्रतिनिधिसभामा नागरिकता विधेयक फेरि बहुमतले पारित भएको छ ।
नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका थिए । जसबाट विधेयकको पक्षमा १३५ मत प्राप्त भयो भने विपक्षमा ६० मत खसेको संसद सचिवालयले जनाएको छ । तटस्थ मत कसैको पनि रहेन । आज १९५ जना सासद संसदमा उपस्थित भएका थिए ।
सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो । यसअघि बहुमतले पारित गरिएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनः विचार गर्न विधेयक संसदमै पठाएकी थिइन् ।
राष्ट्रपतिको यस कदमबाट सत्तागठबन्धन रुष्ट थियो भने विपक्षी दल एमाले खुशी थियो । यस विधेयकको सामाजिक संजालमा व्यापाक विरोध भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























