Breaking News
४ बुँदे सहमति भएको २४ घण्टा नबित्दै बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक
०

काठमाडौँ, भदौ २-
४ बुँदे सहमतिपछि पनि स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको हो । तर सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फोहोर फाल्न रोक लगाएका हुन्।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार उनीहरुले आज बिहानै देखि काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई रोक लगाएका छन् ।
हिजो काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























