चितवन विशेष

भदौं ४ गते भरतपुरमा एमालेको महानगरस्तरीय प्रशिक्षण हुने,टोपबहादुर रायमाझी आउने

Banner

चितवन, भदौं १-

एमालेले भदौं ४ मा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महानगरस्तरीय प्रशिक्षण दिने भएको छ । एमाले महानगर कमिटीका अध्यक्ष शंकर थपलियाको अध्यक्षतामा बसेको भरतपुर महानगर कमिटीको पदाधिकारी, वार्ड इन्चार्ज र वार्ड अध्यक्षसँग भएको बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य देवी ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले भरतपुर महानगर कमिटी उपसचिव नवराज ढकालले जानकारी दिनुभयो । पार्टीबाट सञ्चालित पार्टी सुदृढीकरण तथा शुुद्धिकरण अभियान भरतपुरमा यही १५ गते भित्र सम्पन्न गर्ने र आगामी निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको विशेष उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>