Breaking News
आजदेखि प्लास्टिकका झोला उत्पादन र बिक्री वितरणमा रोक
०

काठमाडौं, भदौ १–
सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ।
वातावरण विभागले एक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो। २०७८ माघ १७ गते नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोेले कर्डाइका साथ कार्यान्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको प्लाष्किका झोला प्रतिवन्धको नीति आजदेखि थप कडाईका साथ लागु गर्ने विभागले जनाएको छ।
आजदेखि ४० माईक्रोनभन्दा पातलो प्लाविक झोला उत्पादन, आयात, बिक्रीलाई पुर्ण रुपमा प्रतिबन्ध गरेको जनाउँदै आजदेखि अगुमानलाई तिब्रता दिइने र अटेर गरेमा कारबाही हुने विभागले स्पष्ट पारेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























