चितवन विशेष
जुगेडीमा मोटरसाइकल दुर्घटनाः पदमपुरका युवकको मृत्यु
०

चितवन, साउन ३०–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
सोमबार दिउँसो भरतपुर–२९, स्थित जुगेडीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडी सवार बाग्लुङ घर भई हाल चितवनको कालिका–२ पदपुरमा बस्ने २२ वर्षीय सागर पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
गम्भिर घाइते भएका पौडेललाई उपचारका लागि अस्पताल पुर्याईएको थियो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























