चितवन विशेष
भरतपुर २२ बाट नगदसहित ६ जना जुवाडे पक्राउ
०

चितवन,साउन ३०-
चितवनमा आज (सोमबार) नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका २२ स्थित बिष्णुराज महतोको घरमा पैसाको बाजी थापेर तास खेलिरहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर १४ बस्ने सत्यनारायण महतो,भरतपुर २२ का विष्णुराज (विश्राम) महतो, भरतपुर १३ का सजन आले, भरतपुर २२ का देवराम महतो, भरतपुर २१ का हिरा पौडेल र भरतपुर २२ का विकास सापकोटा रहेका छन् ।
उनिहरुको साथबाट प्रहरीले नगद ४२ हजार ५ सय र १५ बुक तास बरामद गरेको छ । उनिहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























