Breaking News

नागरिकता विधेयकबारे खनालले भनेः अरू विधेयकजस्तो होइन, बहुमत भए पास गर्नुपर्छ

Banner

काठमाडौँ, साउन ३०-

नागरिकताको सवाल कुनै दलको मात्र नभइ राष्ट्रिय सहमतिको विषय भएको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताएका छन्। उनले नागरिकताको सवाल बहुमत भए पास गर्नुपर्ने र अरू विधेयकजस्तो नभएको बताए का छन् ।

इलामको सदरमुकाममा आज (सोमबार) बिहान आयोजित पत्रकार भेटघाटमा खनालले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गले नागरिकता विधेयक पास गर्ने प्रयास राम्रो नभएको भन्दै सत्तारुढ र जनसांखिक अतिक्रमणबाट नेपालजस्तो देश जोगिनुपर्ने बताए।  ‘यो बडो गम्भीर सवाल हो,दीर्घकालीन सवाल हो, सिंगो राष्ट्रको सवाल हो,’ उनले भने, ‘यो एउटा–दुईटा पार्टी र नेताको सबाल होइन।’

त्यस्तै राष्ट्रपतिले विधेयक फिर्ता गर्नुको कारणबारे आफूले अध्ययन गरिनसकेको बताए। ‘राष्ट्रपतिज्यूले के–के अध्ययन गरेर विधेयक फिर्ता गर्नुभएको छ भन्नेबारे मैले अध्ययन गरेको छैन,’ उनले भने, ‘अध्ययन गरेपछिमात्रै भन्न सक्छु।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>