Breaking News
हिजो गएका २५ वडा गाडीले फोहोर खसाले पनि आज गएका सबै गाडी बाटोमै रोकिए
०

काठमाडौँ, साउन ३०-
राजनीतिक दलहरुको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीले आज पनि फोहोर खसाल्न पाएका छैनन् । आज हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका फकिएको हो ।
त्यस्तै आज फोहोर बोकेर ल्याण्डफिल पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकेका हुन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जानकारी दिए ।
हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























