Breaking News
नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णय एमालेद्वारा स्वागत
०

काठमाडौं,साउन २९-
प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई स्वागत गरेको छ। आइतबार भण्डारीले प्रमाणिकरणका लागि पेश भएको विधेयक पुनः विचार गर्न भन्दै प्रतिनिसभामा फिर्ता गरेकी छिन्। भण्डारीले राष्ट्रहित विपरीत रहेको विधेयक फिर्ता गरेको ठीक गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
उनले भने, ‘नेपालको सार्वसत्तालाई नै दख्खल पुग्ने गरी प्रचण्ड र आरजु राणाले दिल्लीमा गरेको सहमतिअनुसार बहुमतका आधारमा विधेयक पारित गरिएको थियो। उहाँले फिर्ता गरेर देशको हितमा काम गर्नुभयो।’ विधेयकमा संविधानमा नै व्यवस्था भएको जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने र गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकको अधिकार प्रयोग गर्ने गरी नागरिकता दिने प्रावधान थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























