Breaking News
एउटै चिन्ह र घोषणा पत्रबाट चुनाव लड्न बाबुराम सँग प्रचण्डको सहमति
०

काठमाडौँ, साउन २९
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) एउटै चिन्ह र घोषणा पत्रबाट चुनाव लड्ने सहमति भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा एउटै चिह्नबाट चुनाव लड्ने सहमति भएको हो ।
नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार प्रचण्डलाई भेट्न समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव पुगेका थिए र एउटै चिह्न तथा घोषणापत्रबाट लड्ने सोमबारसम्म लिखित रुपमा समझदारी हुन्छ ।
त्यस्तै नेसपा स्रोतले बिहीबार दिएको जानकारी अनुसार भट्टराईले प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चा बनाएर एउटै चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























