अन्तर्राष्ट्रिय

जेरुसेलममा आज बसमा गोली चल्दा सात घाइते

Banner

जेरुसेलम, साउन २९ –
जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ । पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो । रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>