देश/प्रदेश

मिस्टर एण्ड मिस थारु २०२२ बन्न देशभरबाट ५१ जना प्रतिस्पर्धामा

Banner

काठमाडौँ, साउन २९–

थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

शनिबार काठमाडौं, बुटवल र दाङको अडिसन सकिएसंगै अन्तिम प्रतिस्पर्धीहरुको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको थियो । यसअघि भएको अडिसनमा विराटनगरबाट ३, लहानबाट ३, टिकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरुको विशेष प्रशिक्षण कार्यक्रम भदौं पहिलो साताबाटै काठमाडौँमा सुरु गरिने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । उनीहरुलाई ग्राण्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने छ । प्रशिक्षणबाट निखारिएपछि ग्राण्ड फिनालेमा आफ्नो प्रतिभा देखाउँदै प्रतियोगिताको ताज पहरिने छन् ।

प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने छन् । यस्तै विशेष उपहारको समेत केहीदिनमा घोषणा गर्ने तयारीमा आयोजक रहेको छ । यसपटकको ग्राण्ड फिनाले काठमाडौंँमा गर्ने आयोजकको तयारी छ । गत सम्पन्न तेस्रो संस्करणको ग्राण्ड फिनाले चितवनमा गरिएको थियो । काठमाडौँ ग्राण्ड फिनाले भव्य बनाउन अहिलेदेखि नै तिव्र तयारी थालिएको इभेन्ट निर्देशक निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>