Breaking News

१५ दिनको समयसीमा आज सकिँदै,राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुन्छ त ?

Banner

काठमाडौं,साउन २९-

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ कि संसदमै फिर्ता पठाउनुहुन्छ भन्ने चासो बढेको छ । संविधानले राष्ट्रपतिलाई संसदबाट पारित भएको कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसदमै फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर यस्तो निर्णय राष्ट्रपतिले १५ दिनभित्र लिइसक्नुपर्छ ।

साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । १५ दिनको समयसीमा आज सकिँदैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहले विधेयक फिर्ता पठाउन माग गरिरहेका छन् । यसबीचमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री, कानुनमन्त्री, महान्यायाधिवक्ता लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिसक्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विज्ञहरुसँगको परामर्शपछि विधेयक प्रमाणीकरण गर्ने या संसदमा फिर्ता पठाउने भन्ने निर्णय गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ११३ को उपधारा ४ ले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने तर सच्याउनैपर्ने बाध्यता नहुने उल्लेख छ ।

फिर्ता भएको विधेयक फेरि संसद् बैठकमा पेस गर्नुपर्ने र बैठकले संसदमै छलफल गरेर टुङ्ग्याउने वा संसदीय समितिमा पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ । यसअघि प्रतिनिधि सभामा भएको छलफलमा नागरिकता विधेयक अपुरो भएको र पर्याप्त छलफल नगरि पारित गर्न लागिएको भन्दै कतिपय सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>