चितवन विशेष

उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरिदैँ

Banner

चितवन, साउन २८–

६ बुँदे देवघाट घोषणा पत्रजारी गर्दै नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय सम्मेलन सकिएको छ । राष्ट्रिय भेलामा ६४ जिल्लाबाट ३७६ जना सहभागीहरु भएका थिए ।
उपमन्यु ऋषि, ढकाल थर, कुल पूजा विधि तिथिमितिका विषयमा छलफल भएको भेलाले ‘देवघाट घोषणापत्र २०७९’ घोषणा गरेको हो । ढकाल समाजका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले सम्मेलन सफल भएको दावी गर्नुभयो । ‘सबै उपमन्यू गोत्रीय ढकालहरु खोज्ने काम भएको छ’, उहाँले भन्नुभयो ‘सबैलाई एकै थलोमा ल्याउन सम्मेलन सफल भएको छ ।’

सम्मेलनले उपमन्यु गोत्रीय ढकालहरुको वंशखोजी गरी लिपीबद्ध गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला समितिहरुले तथ्याङ्कहरु संकलनगरी केन्द्रमा उपलब्ध गराउने भएका छन् । त्यस्तै ढकाल वंशले प्राप्त गरेका बिर्ताहरुको खोज अनुसन्धान गरी जिल्ला समितिहरुले केन्द्रमा विवरण उपलब्ध गराउने निर्णय भएको छ । ढकालहरुको कुलपूजालाई एकरुपतामा ल्याउनको लागि हालसम्म गरि आएका संस्कार र पद्धतिहरुको विवरण जिल्ला समितिहरुले केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ ।

भेलाले देवघाटधाम क्षेत्रमा जग्गा खोजेर ढकाल वंशकाकुल देवताको मन्दिर सहितको खोज अनुसन्धान, अध्ययन केन्द्र र ढकाल आश्रम निर्माणका लागी पूर्वाधार निर्माण र परियोजनाको गुरुयोजना तयार गर्न केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सम्मेलन ब्यवस्थापनको सचिव तारापति ढकालले जानकारी दिनुभयो । ‘देशभरका ढकाललाई एकैथलोमा ल्याउन सम्मेलन सफल भएको छ,’ उनले भने , ‘अब हामी ढकालहरुको बंशावली तयारको काम थालेका छौं । सबैलाई एउटै मालामा गाँसेर एकताबद्ध गराउने हाम्रो प्रयास हुनेछ ।’

विशेष राष्ट्रिय भेलामा प्रस्तुत भएका कार्यपत्रहरुको अध्ययन गरी दस्तावेजीकरण गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालको संयोजकत्वमा समिति गठन गरेको छ । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा श्रावण २६ देखी २८ गते सम्म पवित्र धार्मिक स्थल देवघाटधामको गलेश्वर आश्रममा राष्ट्रिय सम्मेलन गरिएको थियो । राष्ट्रिय भेलामा ६४ जिल्लाबाट ३७६ सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>