चितवन विशेष

भरतपुर १० लाई सुन्दर वडा बनाउने अभियान, शनिबार गरियो वृहत सरसफाई

Banner

चितवन, साउन २८–

भरतपुर महानगरपालिका वडा नंं.१० को आयोजनामा शनिबार वृहत सरसफाई कार्यक्रम गरिएको छ ।

महाकालेश्वर मन्दिरलगायतका क्षेत्रमा शनिबार विहान सरसफाई कार्यक्रम गरिएको हो । भरतपुर १० लाई सुन्दर र हरियाली वडाको रुपमा विकास गर्न सरसफाई कार्यक्रमलाई अभियानको रुपमा लगिएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । उनले यस कार्यक्रमलाई निरन्तरता दिँदै नमुना वडाको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने बताए ।

सरसफाई कार्यक्रममा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका डीआइजी सन्दीप भण्डारी, वडा नं.१० का सदस्यहरु ऋषि थापा, सूर्यवदना हमाल, महाकालेश्वर टोल विकास संस्थाकी अध्यक्ष पार्वती खनाल, भरतपुर १० आमा समूहकी अध्यक्ष अम्बिका पौडेल, प्रहरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नंं.१० का वडा अध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>