चितवन विशेष

काँग्रेस चितवनका असन्तुष्ट समूहमाथि भएको कारवाही फिर्ता हुन्छ,अलग गतिविधि नगरौं

Banner

चितवन,साउन २८-

नेपाली काँग्रेस चितवनको विवाद समाधानका लागि जिम्मेवारी पाएका नेताहरु सक्रिय हुन थालेका छन् । जिल्ला कार्यासमितिले पार्टीभित्रको विवाद समाधान र सहजिकरणका लागि केन्द्रिय सदस्यसहित पूर्व पार्टी सभापतिलाई जिम्मेवारी दिएको छ । पार्टीबाट जिम्मेवारी पाएसंगै उनिहरु सक्रिय भएर विवाद समाधानमा लागेको जनाएका छन् । उनिहरुले शुक्रबार औपचारिक छलफल समेत गरेका छन ।

केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे समितिमा छन् । पहिलो दिनको छलफलले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कारवाही अविलम्ब फिर्ताका लागि जिल्ला, प्रदेश र केन्द्रमा लिखित रुपमा अनुरोध पत्र पठाउने निर्णय गरेको छ । छलफल पछिको निर्णयबारे जानकारी दिँदै केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भन्नुभयो, ‘गत स्थानीय तहको चुनाबका बेला बिशेष परिस्थितिका कारण चितवन काँग्रेसभित्र अन्तरद्वन्द उत्पन्न भयो । अब यो द्वन्द अन्त्यका लागि इमान्दार नेता कार्यकर्तामाथिको कारवाही अबिलम्ब फुकुवा गरौं भन्ने हाम्रो निश्कर्ष हो ।’

कारवाही फिर्ताका लागि आफुहरुले पहल थालेकाले कुनैपनि बिचार समूहको नाममा अलग गतिबिधि नगर्न र पार्टीकै मुलधारमा समावेश हुन असन्तुष्ट समूहलाई अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाले गर्नुभयो । आसन्न संघ र प्रदेशको निर्वाचनमा बिरोधी शक्तिहरुसंग एक भएर लड्नुपर्ने बेला पार्टीभित्रको किचलो समाधान हुन नसके समस्या खडा हुने भएकाले आफुहरु गम्भिर भएर छलफलमा जुटेको कोइरालाले स्पष्ट पार्नुभयो । उहाँले केन्द्रीय समिति बैठकमा समेत कारवाही फिर्ताको मुद्दा उठाउदै आउनुभएको थियो ।

यस्तै समितिका अर्का सदस्य पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेले गत स्थानीय चुनाबदेखि भुइँकटहर समूहका नाममा हुँदै आएको अलग्गै गतिबिधि अबदेखि नगर्न सम्पूर्ण असन्तुष्ट पंक्तिलाई आग्रह गर्नुभयो । असन्तुष्ट साथीहरुलाई स–सम्मान पार्टीमा ल्याइन्छ घिमिरेले भन्नुभयो,‘अब तपाइहरुले कुनै शंका गर्नुपर्दैन । हामी अन्याय हुन दिन्नौँ ।’ सहजीकरण समितिले छलफललाई निरन्तरता दिने समेत बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>