अन्तर्राष्ट्रिय

कोरोना संक्रमण कम भएपछि कोरियामा हट्यो अनिवार्य मास्क प्रावधान

Banner

प्योङयाङ, साउन २८ –

उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड-१९ संक्रमणका घटना कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो । यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए ।

नेता किम स्वंयम कोभिडबाट संक्रमित भएको पनि बताइएको थियो । यसै साता प्योङयाङले दक्षिण कोरियाले सीमावर्ती क्षेत्रमा जानी जानी संक्रमण पठाइदिएको आरोप लगाएको थियो । उसले आवश्यक भएमा दक्षिण कोरियाली अधिकारीहरूलाई निर्मूल पार्ने चेतावनी पनि दिएको थियो ।

देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । सम्पूर्ण क्षेत्रलाई सबैभन्दा छोटो अवधिमा घातक भाइरसबाट मुक्त गरिएपछि भाइरस प्रतिबन्ध सहज बनाइएको पनि उक्त संस्थाले जनाएको छ ।

उत्तर कोरियामा कोभिडबाट मृत्यु हुने मानिसको यकिन तथ्यांक सार्वजनिक गरिएको छैन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>