Breaking News

त्रिशुली ट्रक दुर्घटना अपडेटः चालक र सह-चालक सकुशल

Banner

प्रतिमा कुमाल,

चितवन, साउन २८-

पृथ्वी राजमार्ग अन्तरगत त्रिशूली नदीमा ट्रक खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने स्थानमा ट्रक त्रिशूली नदीमा खसेको हो । मुग्लिनबाट धादिङ तर्फ गईरहेको ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही देखिएको छैन । ईट्टा, ट्रकको ढोकाको भाग र सिसा खसेको देखिएको छ । ट्रकका चालक र सह–चालक प्रहरीको सम्पर्कमा आएका छन् । दुर्घटनमा परेको ट्रकका मालिकसंग सम्पर्क भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>