कर्णाली

गाईजात्राः किन मृत्यु भएका घरबाट गाई निकालिन्छ ?

Banner

दिलमाया शाही,

जुम्ला, साउन २७-

जुम्लामा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको पाइन्छ । नेवार समुदायले मनाउने यो पर्व भए पनि पछिल्लो समयमा जुम्लाका सबै समुदायका नागरिकले मनाउँदै आएका छन् ।

संस्कृतिविद् रामा नन्द आचार्यका अनुसार हिन्दु धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइएको हो, उनले भने । नेवारी भाषामा यो पर्वलाई सापारूु भनिन्छ।

सा को अर्थ गाई र पारू को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ ।

त्यस्तै यस पटकको गाईजात्राको अवसरमा स्वर्गीय लाल बहादुर थापा र स्वर्गीय मिम बहादुर सुनारको घरबाट गाई निकालिएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए । उनका अनुसार दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको घरबाट निकाल्दा मृतकको आत्माको चिरशान्तिको कामना गर्ने प्रचलन रहिआएको छ । उनले भने, गाईलाई उच्च महत्त्व दिने गरिएकोले धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>