Breaking News

शीतल निवास अगाडि पुगेर शरीरमा पेट्रोल खनाउदै निहारिकाले गरिन आत्महत्याको प्रयास

Banner

काठमाडौँ, साउन २७-

न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्महत्याको प्रयास गरेकी छिन् । २ वर्षको छोरासहित शीतल निवास पुगेकी निहारिकाले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी हो ।

बाटोमा एक लिटर पेट्रोल र लाइटर खरिद गरेकी उनले शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओलेर शरीरमा पेट्रोल खनाएर शरीरमा आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए ।

आज उनी शीतलनिवास आउँदै गरेको सूचना पाएपछि प्रहरी अलर्ट अवस्थामा थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>