Breaking News

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

Banner

काठमाडौँ, साउन २७-

कोरोना संक्रमण बढेपछि चीन सरकारले नेपालतर्फका दुवै तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । तिब्बत क्षेत्रमा संक्रमण बढेपछि चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको नेपाली भन्सार कार्यालयहरुले जनाएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमका अनुसार रसुवागढी नाकाबाट गत शनिबार देखि र तातोपानी नाकाबाट केही दिन अघि एक दुई वटा कन्टेनर आए पनि बुधबारदेखि मालसामान आउन बन्द भएको छ ।

त्यस्तै रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा.रामप्रसाद मैनालीले बताए । शनिबारदेखि रसुवागढी नाका पनि ठप्प छ,’ मैनालीले भने , ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी भने छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>