चितवन विशेष

नवनिर्वाचित केन्द्रीय सदस्य अधिकारीलाई सम्मान, श्रेष्ठलाई बिदाई

Banner

चितवन, साउन २४–

नेपाल प्रेस युनियन चितवनले नवनिर्वाचित केन्द्रीय सदस्यलाई सम्मान एवं जिल्ला सदस्यलाई बिदाई गरेकमे छ। युनियनले केन्द्रीय सदस्य अर्जुन अधिकारीलाई सम्मान गरेको छ भने जिल्ला सदस्य कमलमान श्रेष्ठलाई वैदेशिक रोगारीका लागि जापान जान लागेकोमा बिदाई गरेको छ ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सृजना अर्याल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं युनियनका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीले सम्मान तथा बिदाई गरेका थिए। सम्मान ग्राहणपछि केन्द्रीय सदस्य अधिकारीले पत्रकारहरुको हकहितमा काम गर्न संगठन तयार रहेको बताए । पत्रकारिता क्षेत्रलाई मर्यादीत बनाउन प्रेस युनियन लागिपर्ने उनको भनाई थियो ।

सोही कार्यक्रममा बोल्दै जापान प्रस्थान गर्न लागेका सदस्य श्रेष्ठले युनियनको मायाँ र सद्भाव प्रती आभार व्यक्त गरे । पत्रकारिता क्षेत्रमा युनियनलाई बलियो बनाउन आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रको विकासमा युनियनले योगदान गर्नुपर्ने बताए । नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, युनियन चितवनका उपाध्यक्ष सूर्य अधिकारी, सचिव प्रस्ताव सुबेदीले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>