Breaking News

अमेरिकामा मेरो ऋण र सम्पत्ति बाँकी छैनः रवी लामिछाने

Banner

काठमाडौं,साउन २४-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अमेरिकामा आफ्नो ऋण र सम्पत्ति बाँकी नरहेको बताएका छन् । सामाजिक सञ्जालमा गरिएका टिप्पणीको जवाफमा लामिछानेले संसारमा आफूविरुद्ध कुनै मुद्दासमेत बाँकी नरहेको बताएका हुन् । केही अमेरिकी बैंकले लामिछानेलाई प्रतिवादी बनाएर मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता गरेको र समग्रमा उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको दाबी कतिपयले सोसल मिडियामा गरेका थिए । फेसबुकमार्फत जवाफ दिँदै उनले लेखेका छन्,अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ति नै छ ।

सबैले प्रक्रिया त पूरा गर्नैपर्छ भन्दै उनले लेखेका छन्,ओपेन लेखिएको एउटा केसमा तिर्नुपर्दैन भनेर वादीले नै फिर्ता गरेको भोलुन्टेरी डिस्मिस्ड लेखेकै छ ।
मेरिल्याण्डको विभिन्न अदालतमा रवी लामिछानेविरुद्ध दर्ता भएका भनिएका मुद्दा माथिको फोटोमा ओपेन लेखिएका मुद्दा निश्चित समयपछि क्लोज्ड लेखेको देखिने दाबी पनि लामिछानेले गरेका छन् । यी सबै मेरो व्यवसायसँग सम्बन्धित क्रेडिटर र भेन्डरसँगका विषय हुन्, उनले भनेका छन् । आफूले बक्यौता रकम सकेसम्म कम तिर्ने सोचेको उनले स्वीकारेका छन् । भागेको, लुकेको, ठगेको केही पनि होइन । भुलेको भए बेग्लै कुरा तर मैले नियतवश ब्यक्तिगत लेनदेन समेत कसैलाई केही तिर्नुपर्ने बाँकी राखेको छैन ।

नेपाली सञ्चारमाध्यममा काम गर्दागर्दै लामिछाने अमेरिका गएका थिए । केही वर्षअघि उनी नेपाल फर्केर फेरि सञ्चारकर्ममै जोडिए । हालै मात्र सञ्चारकर्म छोडेर उनी राजनीतिमा होमिएका छन् । महिना दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गरी लामिछाने संगठन विस्तारमा लागिपरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>