चितवन विशेष

एक घर, एक स्काउट अवधारणा ल्याउनुपर्छः उपप्रमुख अधिकारी

Banner

चितवन, साउन २३–

भरतपुर महानगरपालिका स्तरीय स्काउटको नियमित पूर्ण बैठक सोमबार भरतपुरमा सम्पन्न भएको छ ।

भरतपुर महानगर उप–प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको बैठकले भरतपुर महानगरभित्र रहेका मा.वि. तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सूचना जारी गरि स्काउट शिक्षकको नामावली संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले भरतपुर महानगरपालिका स्तरीय स्काउटलाई देशकै पहिलो र उत्कृष्ट स्काउट बनाउने पनि निर्णय गरेको छ ।

महानगर भित्र रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई एकैसाथ समेटेर जाने, स्काउट तालीम संचालन गर्ने लगाएतका विविध निर्णयहरु बैठकले गरेको छ । बैठकमा बोल्दै उप–प्रमुख अधिकारीले एक घर, एक स्काउटको अबधारणामा जानू पर्नेमा जोड दिनुभयो । ‘व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ’ उप–प्रमुख अधिकारीले भन्नुभयो । स्थानीय स्तरमा पालिका प्रमुख संरक्षक तथा उप–प्रमुख, प्रमुख स्काउट रहने ब्यबस्था छ । स्थानीय आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने प्राबधान छ । त्यस्तै पालिकास्तरमा नगर शिक्षा अधिकारी सदस्य सचिव रहने कार्यब्यबस्था छ ।

स्काउटले युवाहरूलाई कुलतमा फस्न नदिन, फसिसकेकाहरूलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । युवालाई असल नागरिक बनाउनुको साथै अनुशासन कसरी पालना गर्ने, देश निर्माणमा कसरी लाग्न सकिन्छ भन्ने कुरामा स्काउटले मद्दत पु¥याउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>