चितवन विशेष

संघीय निर्वाचनमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण हुन्छः मेयर दाहाल

Banner

चितवन, साउन २३–

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा विद्यार्थी संगठन अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

सोमबार अनेरास्वियु (क्रान्तिकारी), केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै मेयर दाहालले युवा वर्गमा उच्च जोश, जाँगर र उर्जा हुने भएकाले संघीय निर्वाचनमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मेयर दाहालले कृषि क्याम्पसबाट बिदाई भएर गएका विद्यार्थीलाई जुनसुकै भूगोलमा पुगेपनि स्थानीय संगठन र पार्टी निर्माणमा जुट्न आह्वान गर्नुभयो ।
क्रान्तिकारी विद्यार्थीको छवि र गरिमालाई सधै उच्च राख्न शैक्षिक संस्थाभित्र रहँदा र बाहिरा जाँदा पनि अग्रसर भएर अगाडि बढ्न प्रमुख दाहालले आग्रह गर्नुभयो ।
क्रान्तिकारी विद्यार्थीले शैक्षिक क्षेत्रमा हुने विकृति, विसंगती विरुद्ध सधैब खबरदारी गरी विद्यार्थीको हकहितमा गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्वियु (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन पुरा गरेसँगै पार्टीमा जोड्नि आह्वान गर्नुभयो । अध्यक्षले सिंहले यसअघिका विद्यार्थीहरुले पार्टीसँग समवन्य नगरेको उल्लेख गर्नुभयो । कार्यक्रममा अनेरास्वियु (क्रान्तिकारी) का महासचिव दिपेश पुन, अनेरास्वियुका केन्द्रीय सदस्यहरुले मन्तव्य राख्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>