Breaking News
जनकपुरमा बसेको नेपाल-भारत सीमा बैठकले गर्यो हराएका सीमास्तम्भ खोज्ने निर्णय
०

जनकपुर, साउन २२-
जनकपुरमा शनिबार साँझसम्म बसेको नेपाल र भारतका सुरक्षा सीमा अधिकारीहरूको संयुक्त बैठकले हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय गरेको छ ।
बैठकमा सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरूपपले नियन्त्रण गर्ने, लागूऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्बन्धमा छलफल भएको हो ।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार खुला सीमाका कारण दुवै देशमा भइरहेको आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सहकार्य गर्ने निर्णय भएको थियो । नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनु उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























