Breaking News

नेपालको राजनीतिमा अझै धेरै परीक्षण गर्न बाँकी छः डा. बाबुराम भट्टराई

Banner

काठमाडौं,साउन २१-

नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै धेरै प्रयोग गर्न बाँकी रहेको बताएका छन् । जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका उनले आफूहरुले दुई/तीनवटा प्रयोग गरेको तर यसले मात्र परिणाम नदिएका कारण अझै केही प्रयोग गर्नु पर्ने बताएका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विज्ञानको आविष्कार थुप्रै प्रयोगबाट गुज्रेर पुष्टि भएजस्तै राजनीतिमा पनि समाजको जटिलता, जटिल भू– राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने बताए ।

राजनीति परीक्षणकै लागि आफूहरूले नेपाल समाजवादी पार्टी गठन गरेको उनले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>