Breaking News

गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

Banner

काठमाडौं,साउन २०-

गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ । तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।

ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । जसमा दुई वा दुई भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । अर्थात् गठबन्धन गरेका दलले कुनै एउटा दलको वा अरू कुनै पनि चिह्न लिएर चुनाव लड्न पाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>