चितवन विशेष
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विष्टको काठमाडौँ सरुवा
०

चितवन, साउन २०–
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले विष्टसहित ४३ जना डीएसपीको सरुवा गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट काजमा चितवन आएका थिए । उनलाई चितवनबाट प्रहरी वृत्त बालाजु काठमाडौंमा सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनमा हाल दुई जना डीएसपी रहेका थिए । विष्टको सरुवा भएसंगै अब जिल्लामा नरहरि अधिकारी मात्र हुनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























