Breaking News

महँगीविरुद्ध काठमाडौंमा आज ‘विशाल’ जनप्रदर्शन गर्दै एमाले

Banner

काठमाडौं,साउन १६-

नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै छन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ ।

दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ । जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>