देश/प्रदेश

नेपालमा कोरोना संक्रमण निको हुने भन्दा पुष्टि हुनेको संख्या धेरै, आज थपिए ४३८ जना संक्रमित

Banner

काठमाडौँ, साउन १४-

नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७९ पीसीआर र एक हजार ९२० एन्टिजेन परीक्षण गर्दा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २७७ जना संक्रमणमुक्त भएका छन् भने आज दुई जनाको संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>