चितवन विशेष
गैडाको आक्रमणबाट चितवनको रत्ननगरमा एक युवा घाइते
०

चितवन, साउन १०-
गैडाको आक्रमणबाट रत्ननगर नगरपालिकामा एक जना युवा घाइते भएका छन । बाघमारा सामुदायिक वनमा आज (मंगलबार) बिहान करिब १० बजे न्युरो टिप्न गएका कुन्दन लामालाई गैंडाले आक्रमण गरेको हो । रत्ननगर नगरपालिका वडा नम्बर ८ का ३१ बर्षीय लामालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा ल्याइएको छ । लामाको अनुहार र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























