Breaking News
आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं,साउन ६-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावबाट देशको आफ्नो पार्टीले गर्ने दाबी गर्नुभएको छ । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आउँदो सङ्घ र प्रदेश चुनावबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब एक पटक फेरि पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनर्स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने चुनावमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एक पटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’
अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेतारकार्यकर्ताको सङ्ख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एक पटक फेरि सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताउनुभयो ।


























