समाचार
अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
०

काठमाण्डौं, साउन ६-
स्वास्थ्य तथा जनसंस्था मन्त्रालयले कोभिड १९ संक्रमण बढेको हुनाले भिडभाड हुने स्थानहरुमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।
कोरोना संक्रमण फेरी बढ्दै गएकोले मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो । मन्त्रालयले सरकारी, गैह सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरुमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न ,विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातका मास्कको प्रयोग गर्न, गराउन तथा स्यानिटाइजरको प्रयोग गर्न गराउन अनुरोध गरेको छ।
यस्तै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरुमा मास्कको प्रयोगलाई अनिवार्य गर्न आग्रह गरेको छ। साथै कोभिड १९ विरुद्वको खोप नलगाएका, पूर्ण तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउन तथा लगाउने व्यवस्थ गर्न अनुरोध गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























