Breaking News
तीनदिन १८ जिल्लाका नदी तथा खोलामा पानीको सतह बढ्दा नारायणीले कस्तो रुप लिन्छ ?
०

चितवन, साउन ६-
विभिन्न १८ जिल्लाका साना नदी तथा खोलामा तीन दिन पानीको सतह बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा तीन दिन पानीको सतह बढेर बाढी आउन सक्ने अनुमान गरिएको हो । खोलामा पानीको सतह बढने भन्दै माहाशाखाले नदी आसपासमा बस्दै आएका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।
त्यस्तै अबको तीन दिन ठूला नदी नारायणी, कोशी, कन्काई, कर्णाली, महाकाली लगायतमा भने पानीको सतह सतर्कता तहभन्दा तल रहने अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























