Breaking News

कांग्रेसको विधान विपरीत गतिविधि गर्नेको कारवाही फुकुवा हुँदैनः प्रवक्ता महत

Banner

चितवन, साउन ४–

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले विधान विपरीत गतिविधि गर्नेको कारवाही फुकुवा नहुने स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियनले आज भरतपुर विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता महतले पार्टीको विधान र निर्णय विपरीत कोही पनि बाहिर जान नसक्ने बताए । ‘जो प्रस्तावक, समर्थक बस्याछ, पार्टीको निर्णय विपरीत छ, त्यो स्वतः पार्टीमा रहदैन भन्ने विधानमा व्यवस्था छ, कसैले केही गर्न सक्दैन’ प्रवक्ता महतले भने–‘भोलिका दिनमा फेरि पार्टीको अनुशासनमा आउन थाल्नुभयो, पार्टीलाई चित्त बुझ्यो भने भोलिका दिनमा पार्टीले निर्णय गर्छनै ।’

प्रवक्ता महतले अन्य असहयोग गर्ने व्यक्तिहरुको हकमा पार्टीले अनुसासन समितिको संयोजक बनाई सकेको र त्यसले छिट्टै पूर्णता उल्लेख गर्दै सोही समितिले नै कारवाहीमा परेकाहरुका बारेमा विस्तृत अध्ययन गर्ने बताए । जिल्ला–जिल्लाबाट आएका कारवाहीका पत्र बारे सो समितिले छलफल र निक्र्यौल गरेपछि थप निर्णय हुने उनको भनाई छ ।

गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वार उठेपछि देशभर चर्चा चुलिएको थियो । बागी उम्मेद्वार बनेका जगन्नाथ पौडेल, उनका प्रस्तावक र समर्थक कृष्णलाल सापकोटा, मिना खरेललगायतका नेताहरुलाई कांग्रेसले कारवाही गरेको छ । उनीहरुको कारवाही फुकुवा हुनुपर्ने विषय केन्द्रीय समितिको बैठकमा उठेको थियो ।

यस्तै प्रवक्ता महतले वर्तमान अवस्थामा कुनै पनि हालतमा सत्तागठबन्धन नटुट्ने दावी गरे । कांग्रेसले औपचारिक रुपमै गठबन्धन गर्ने सर्वसम्मत निर्णय गरिसकेको भन्दै गठबन्धन नटुट्ने दावी गरे । उनले गठबन्धन कायमै गर्ने निर्णय भएसंगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै अघि बढ्ने बताए । गठबन्धन गर्ने काम सहज नभई जटिल काम भए पनि स्थानीय निर्वाचनको सिकाईको आधारमा ठोस निश्कर्षमा पुगिने बताए ।

प्रवक्ता महतले गठबन्धनका अन्य बामपन्थी दलहरुमा बाम एकताको कुरा आएपनि नेतृत्वले गरेको निर्णय नै अन्तिम हुने बताए । कुनै नेताले के भने भन्ने कुराको खासै महत्व नहुने भन्दै नेतृत्वको निर्णय नै महत्वपूर्ण भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>