मकवानपुर

‘चिट लुकाएको’ भन्दै छात्राको भित्री वस्त्रसमेत खोल्न लगाएपछि…

Banner

हेटौंडा,साउन ४-

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुईजना छात्रामाथि ‘अनुचित व्यवहार’ भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले आज बिहानैबाट नाराबाजी गर्नुका साथै क्याम्पसमा तोडफोडसमेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । उनीहरुले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् । यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेलले विद्यार्थीको कपडा खोलेर जाँच गर्ने अधिकार कोहिसँग नभएको बताए । हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले घटनाबारे आफूहरूको ध्यानाकर्षण भएको बताए । यसबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । आफुहरूले सर्वपक्षीय छलफल गरी दोषीको पहिचान गर्ने पनि उनले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>