Breaking News
आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
०

चितवन,साउन २-
साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाम, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।
यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























