Breaking News

नारायणी अनलाइनका सम्पादक आचार्यमाथि कुटपिटमा संलग्न विद्युतका प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दर्ता

Banner

चितवन, साउन १–

नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गर्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता भएको छ ।

आज (आइतबार) दिउँसो जिल्ला प्रहरी कार्यालय भरतपुरमा आचार्यले दिएका ८ जनाविरुद्धको अभद्र व्यवहार मुद्धा दर्ता भएको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । तीन ८ जना मध्ये एक जना शुक्रबार साँझ र अन्य ६ जना शनिबार पक्राउ परि सकेका छन् । कार्यालयका प्रमुख सिंह भने पक्राउ पर्न बाँकी छ । कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् ।

शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारी बारे समाचार संकलन गर्न गएका आचार्यलाई कर्मचारीहरुले किन फोटो खिचेको भन्दै कुटपिट गरेका थिए । आचार्यको हातमा चोट लागेको छ भने कपडासमेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उनले बताए ।

आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उनलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>