Breaking News

विश्वकप क्रिकेट लीग २ः नामिबियाविरुद्ध नेपाल फिल्डिङ गर्दै, आज करनको ठाउँमा पवन खेल्दै

Banner

काठमाडौँ, असार ३२–

स्कटल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेट लीग २ अन्तरगत आज नेपाल नामिबियाविरुद्ध खेल्दैछ ।

टस जितेर नामिबियाले व्याटिङ रोजेको छ भने नेपाल पहिले फिल्डिङ गर्दैछ । नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर करन केसीको स्थानमा आज अलराउण्डर पवन सराफ मैदानमा उत्रिदै छन् । यस सिरिजको पहिलो खेलमा व्यहोरेको हारको बदला आज नेपालले लिने दाउमा छन् ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४० रनले पराजित गरेको थियो । २२१ रनको लक्ष्य पछ्याएको उक्त खेलमा नेपाल १८० रनमा अलआउट भएको थियो ।

विश्वकप क्रिकेट लीग दुईमा नेपाल पाँचौं स्थानमा रहेको छ । १८ खेलमा ८ जीत र ९ हार व्यहोर्दै १७ अंकका साथ नेपालले अमेरिकालाई पछ्याई रहेको छ । नामिबिया भने छैटौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>